Comments Add Comment

कांग्रेस काठमाडौं अधिवेशन आज, सभापतिमा नरोत्तम वैद्यको उम्मेदवारी

Narottam-Baidhya

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । सभापति सुशील कोइरालाले प्रज्ञाभवन कमलादीमा अधिवेशन उदघाटन गर्नेछन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

सभापतिमा वैद्यको उम्मेदवारी

काठमाडौं जिल्ला सभापतिमा कांग्रेसका पुराना नेता नरोत्तम वैद्यले उम्मेदवारी दिएका छन् । पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव समेत रहेका उनी वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका मानिन्छन् ।

काठमाडौंका पाँच जना क्षेत्रीय सभापतिहरुको समर्थनमा आइतबार साँझ इन्द्रेणी फुडल्याण्डमा पत्रकार सम्मेलन गरी वैद्यले सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए ।

काठमाडौं जिल्ला सभापतिमा संस्थापन पक्षबाटै दुई जनाले दाबी गरेका छन् । निवर्तमान सभापति भिमसेनदास प्रधान र सबुज बानियाँले उम्मेदवारी घोषणा गरेका छन् ।

बानियाँको प्यानलबाट सचिवमा राजकुमार नकर्मी र कोषाध्यक्षमा गोविन्द पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन् ।

देउवा पक्षले कोषाध्यक्ष पबित्रा हुमागाईंलाई अघि सारेको छ भने सचिव पदको उम्मेदवार सार्बजनिक गरेको छैन ।

ललितपुर सभापतिमा पनि संस्थापन पक्षका दुई जनाले दाबी गरेका छन् । मिनकृष्ण महर्जन र जितेन्द्र श्रेष्ठले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । देउवा पक्षले भने सभापतिमा मदन अमात्यलाई नै अघि सारेको छ ।

भक्तपुर जिल्ला सभापतिका दाबेदारहरुको नाम भने सार्बजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment