Comments Add Comment

नेपाली ट्यांकरले रक्सौलमै तेल भर्न पाए, वीरगञ्ज नाका भएर भित्रिने

Indian-Oil
२५ माघ, काठमाडौं । भारतीय आयल कार्पोरशेन (आईओसी) को रक्सौल डिपोबाट पनि नेपाली ट्यांकरमा तेलको लोडिङ पनि सुरु गरेको छ ।

रक्सौल डिपोले अपरान्हदेखि डिजेल र पेट्रोलको लोडिङ थालेको नेपाल आयल निगमले जनाएको छ । नाकाबन्दीपछि रक्सौल डिपोले तेल दिन छाडेको थियो । केहीदिन सातादेखि हवाइ इन्धन र मटितेल मात्रै दिइरहेको डिपोले साँढे ४ महिनापछि पेट्रोल र डिजेल दिन थालेको हो ।

आईओसीको केन्द्रीय कार्यालयले आफु मातहतको रक्सौल डिपोलाई आयल निगमको माग अनुसार तेल दिन निर्देशन दिएकाले आयल निगमका अधिकारी रक्सौलबाट तेल लोड हुनेमा आशावादी थिए ।

आईओसीले सोमबार रक्सौल डिपोलाई पठाएको निर्देशन सहितको पत्रको बोधार्थ आयल निगलाई पनि पठाएको थियो । पत्रमा रक्सौल डिपोलाई पूर्ववतः रुपमा नेपाललाई तेल दिनु भन्ने उल्लेख छ ।

त्यसैअनुसार आज रक्सौल डिपोसँग ९ सय किलोलिटर तेलको माग गरिएको आयल निगमका प्रवक्ता  मुकन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

माग अनुसार लोड भएमा झण्डै ४५ वटा ट्यांकर नेपाल आउनेछन् । तर, आज कति ट्यांकरले लोड पाउँछन् भन्ने निश्चित नभएको प्रवक्ता घिमिरेले बताए ।  ती सबै ट्यांकर वीरगञ्ज नाका भएरै नेपाल भित्रिने आयल निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment