Comments Add Comment

करिश्मालाई फाप्दैन प्रिमियर, नयाँ शक्तिका सबैलाई ‘फागु’ देखाउने योजना

karisma-manandhar
१२ वर्षपछि चलचित्र निर्माणमा फर्किएकी नायिका करिश्मा मानन्धरले ‘फागु’को प्रिमियर नगर्ने बताएकी छिन् । यस्तो शो आफूलाई नफाप्ने भएकाले सामान्य पारामा चलचित्र चलाउने सोच बनाएकी करिश्माले नयाँ शक्तिमा आबद्ध ब्यक्तिलाई भने विशेष सोमा निम्ता गर्ने भएकी छिन् ।

‘मलाई पि्रमियर शो फाप्दैन त्यसकारण गर्दिन, तर नयाँ शक्ति समुहका लागि भने विषेश सो गर्दैछु ।’ अनलाइनखरबसँग कुरा गर्दै करिश्माले भनिन्-‘कुन दिन कहाँ गर्ने भन्ने चलचित्र भईसकेको छैन ।’

नयाँ शक्तिमा आबद्ध सबैले चलचित्रप्रति चासो देखाएकाले पनि चलचित्र देखाउने उनको योजना छ । काठमाडौमा भएजतिलाई चलचित्र हेर्न निम्ता गर्ने योजना रहेको उनले बताइन् । ‘सकेसम्म धेरै साथीहरुलाई चलचित्र देखाउने सोचमा छु । हेरौं के हुन्छ ।’

नायकको परिक्षा, शिल्पा सुटिङमा
सम्झना रौनियारको निर्देशन रहेको ‘फागु’मा नायिका शिल्पा पोखरेल र नव-कलाकार सुवास पराजुलीले मुख्य भुमिका निर्वाह गरेका छन् । सुवास परिक्षाको तयारीमा छन् भने शिल्पा ‘हामी शरणार्थी’ नाम गरेको अर्को चलचित्रको सुटिङमा ब्यस्त छिन् ।

‘हिरोको परिक्षा अरे, हिरोईन सुटिङमा छिन् । विनोदजी र मैले मिलेर प्रचारका केही कार्यक्रम गर्दैछौं । १ गते नायिका काठमाण्डौ आएपछि सक्रिय भएर लाग्ने छौं ।’ करिश्माले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment