Comments Add Comment

कविता: चिनाऊ विश्वमा नेपाललाई

चिनाऊ विश्वमा नेपाललाई

गर्नु संघर्ष तिमीले, स्वतन्त्रता, इमान र इज्जतलाई !
राम्रो ब्यबहार गर्नु तिमीले, ठूला व्यक्ति, गरिबलाई !!
Kamal-Nath-Paudel

नभुल्नु कहिल्यै तिमीले, लगनशिलता र परिश्रमलाई !
सदैब टाढा राख्नु तिमीले, अल्छी, हिंसा र निद्रालाई !!

किन टाढा राख्छौ, हिन्दू, बौद्ध, क्रिश्चियन, मुस्लिमलाई ।
नगर समर्थन, गर्वैबाट आएको राजनीति र धर्मलाई !!

अध्ययन गर्नू सबैले, बुझ्ने कोशिस गर्नू मुना-मदनलाई ।
बनाऊ देश स्विजरल्याण्ड, चिनाऊ विश्वमा नेपाललाई !!

किन छुटाउन खोज्छौ, तराई, पहाड र हिमाली देशलाई ।
बनाऊ देशमा सुहाउने संघियता, बोलाऊ बुद्धिजिवीलाई !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment