Comments Add Comment

मोदीको राज्यमा मदिराको बोत्तलमाथि जनताको वुलडोजर !

gujarat-police-destroying-liquor

दक्षिण पश्चिमी भारतीय तटीय राज्य गुजरातमा मदिरा प्रतिबन्धित भएको ५५ बर्ष भइसक्यो । तर त्यहाँ त्यस्तो कुनै स्थान छैन् की पिउन चाहनेहरुका लागि उपलव्ध नहोस् ।

सन् १९६० मा महाराष्ट्रसँग छुट्टिएलगत्तै गुजरातमा मदिरा प्रयोगमा प्रतिबन्ध लागेको थियो । गुजरातमा ६० हजार प्रहरी र लागूपदार्थ नियन्त्रण विभागका २ हजार प्रहरी मदिरा नियन्त्रणको लागि परिचालन गरिए पनि सरकारी आँकडाले भने त्यसलाई गिज्याइरहेको छ ।

सरकारी तथ्याङ्क अनुसार गुजरात राज्यमा मात्र पछिल्लो पाँच बर्षमा २ अर्व ४६ करोड (भारतीय रुपैयाँ) बराबरको बिदेशी मदिरा बरामद गरिएको छ । घरेलु मदिराको तथ्याङ्क यसमा सामेल छैन् ।

यो सबै देखेपछि आम जनतामा राज्य सरकारप्रतिको भरोसा कमजोर भएको देखिन्छ । यद्यपी सरकारी अधिकारीहरु भने पछिल्ला बर्ष ८२ करोडको मात्र मदिरा नष्ट गरिएको तथ्याङ्क पेश गरि पछिल्लो समय मदिरा प्रयोगकर्तामा कमी आएको दुहाई दिइरहेको छ ।

उता राज्यसरकारसँग निराश हुँदै आम नागरिक तहबाट मदिराका सम्भावित भण्डारहरुमा छापा मार्न सुरु गरिएको छ, जसलाई नाम दिइएको छ ‘जनता रेड’ ।

दूर्व्यसन मुक्ति आन्दोलन चलाइरहेको गुजरात ठाकुर सेनाका नेता खोडाजी ठकुरले भने, ‘गुजरातका गाउँमा देशी-बिदेशी मदिराका कारण हजारौं युवाहरु अकालमा मरिरहेका छन् । हामी केवल सरकारको भर परेर बस्न सक्दैनौं ।’

खोडाजीले अगाडी भने, ‘गतबर्षको २६ जनवरीदेखि ठाकुर सेनाले गुजरातमा दूव्र्यसन मुक्ति आन्दोलन थाले यता उत्तरी गुजरातको ८ सयभन्दा बढि गाउँमा जनता रेड गर्‍यौं र मदिरा भण्डार बन्द गरायौं ।’

गान्धिनगर इलाकाका आईजी हसमुख पटेलले हरेक जिल्लाका पुलिस प्रमुखलाई आआˆनो इलाकाका ५० गाउँमा मदिरा मुक्त गराउन लक्ष्य दिइएको बताए ।

उनले थपे, ‘हामीले ‘जनता रेड’ गर्ने नेताहरुलाई भनेका छौं कि, कतै मदिराको कारोवार भइरहेको छ भने हामीलाई खवर गर्नुहोस, तपाईहरु मात्र जाँदा कारोबारी र जनताबीच झडप हुनसक्छ ।’

यद्यपी डिजी हसमुख पटेल मदिरा मुक्त गाउँ बनाउने अभियानमा प्रहरीलाई अपेक्षित सफलता मिल्न नसकेको बताउँछन् । केहि दिन पहिले अहमदावाद क्राइम ब्रान्चले राजस्थानका मदिरा व्यवसायी कैलाश राठीलाई पक्राउ गरेको थियो, जसले गुजरातमा मदिरा निर्यात गर्थे ।

राठीलाई पक्राउ गरेको टोलीका सव इन्स्पेक्टर तरल भट्टका अनुसार राठीले गुजरातमा मदिरा निर्यात गर्नका लागि २७ वटा ट्रक किनेका थिए । यिनै ट्रकमार्फत उनले मदिरा गुजरात पठाउँथे ।

लागूऔषध नियन्त्रण बिभागका अधिकारीका अनुसार मदिरा नियन्त्रणपछि अदालतको आदेश अनुसार राज्य सरकारका प्रतिनिधिको उपस्थितिमा मदिरा नष्ट गरिन्छ । मदिरा नष्ट गर्न यहाँ खालि सडकमा मदिरा राखेर ‘रोड रोलर’ धुमाउने गरिन्छ ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment