Comments Add Comment

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरिँदै

shree panchami१ फागुन, काठमाडौं । आज हिन्दुधर्मावलम्बीले सरस्वतीको पूजा अर्चना गर्दै श्रीपञ्चमी मनाउदै छन् ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइदै छ । ऋतुहरुका राजा बसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा-आराधना गरी स्तोत्र पाठ गरेमा पढन आउँछ भन्ने धार्मिक विश्वास छ । आजकै दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ ।

आज शैक्षिक संस्थाहरुमा विद्यार्थीले महत्वको साथ श्रीपञ्चमी पर्व मनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment