१ वैशाख, काठमाडों । २०७२ सालमा मारिएका सवै प्राणीहरुको नाममा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।
राजधानीको रत्नपार्कस्थित रानीपोखरीको गणेश मन्दिर अगाडि मंगलबार बेलुका कार्यक्रमको आयोजना गरिएको हो ।
श्रद्धाञ्जलीसभामा उपस्थितहरुले मैनवत्ती बालेर श्रद्धाञ्जली दिएका थिए ।
२०७२ सालमा मारिएका पशुपंक्षी र मानवहरु समेतको आत्माको मुक्तिका लागि कार्यक्रम गरिएको आयोजकले जानकारी दिएका छन् ।
नेपाल शाकाहारी संघले आयोजना गरेको कार्यक्रममा हिन्दु बटुकहरुले वैदिक मन्त्र तथा बौद्ध गुरुहरुले शान्तिमन्त्र वाचन गरेका थिए । शाकाहारी संघले कालगति र अकालमै मरेका प्राणीहरुप्रति गत सालदेखि श्रद्धांजली कार्यक्रम गर्न थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4