News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को दोस्रो खेलमा दक्षिण कोरिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेलेका छन् ।
- मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलको ५९औं मिनेटमा चेक रिपब्लिकका लाडिस्लाभ क्रेज्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
- खेलको ६७औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ इनबियोमले जवाफी गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
२९ जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को दोस्रो खेलमा चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाले बराबरी गोल फर्काएको छ ।
मेक्सिकोको ग्वाडालजारा रंगशालामा जारी खेलमा चेक रिपब्लिकले अग्रता लिएको ८ मिनेटपछि दक्षिण कोरियाले बराबरी गोल फर्काएको हो ।
दक्षिण कोरियाका लागि ह्वाङ इनबियोमले ६७औं मिनेटमा बराबरी गोल फर्काए । यसअघि ५९औं मिनेटमा चेक रिपब्लिकका लागि लाडिस्लाभ क्रेज्की गोल गर्दै अग्रता लिएका थिए ।
प्रतिक्रिया 4