+

फिफा विश्वकपको उद्घाटन खेलमै ३ खेलाडीलाई रातो कार्ड

२०८३ जेठ  २९ गते २:५३ २०८३ जेठ २९ गते २:५३
फिफा विश्वकपको उद्घाटन खेलमै ३ खेलाडीलाई रातो कार्ड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को उद्घाटन खेलम} तीन खेलाडीलाई ारतो कार्ड देखाइएको छ ।
  • खेलका क्रममा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक गरी जम्मा तीन खेलाडीले रातो कार्ड पाएका छन् ।
  • दक्षिण अफ्रिकाका सेफेलो सिथोल र थेम्बा ज्वाने तथा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड पाएका हुन् ।

२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै ३ खेलाडीले रातो कार्ड पाएका छन् ।

मेक्सिकोको एज्टेक रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरुवात गर्दा ३ खेलाडीले रातो कार्ड सामना गर्दै मैदान छाडे । उक्त खेलमा मेक्सिकोको एउटा र दक्षिण अफ्रिकाका दुई खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड खाँदै मैदानबाट निस्किए । त्यसपछि दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड खाँदै मैदान छाडे ।

समूह ए मा सहज जितपछि मेक्सिकोले ३ अंक जोडेको छ र नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय