News Summary
Generated by OK AI. Editorially reviewed.- मेक्सिकोको एस्टेका रंगशालामा आयोजित विशेष समारोहबीच फिफा विश्वकप २०२६ को औपचारिक उद्घाटन गरिएको छ ।
- उद्घाटन समारोहलगत्तै सोही रंगशालामा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच विश्वकपको पहिलो खेल शुरू भएको छ ।
- उद्घाटन कार्यक्रममा मेक्सिकन संस्कृति झल्किने प्रस्तुतिसँगै शाकिरा, बर्ना ब्वाय र जे बाल्भिन लगायतका अन्तर्राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका छन् ।
२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन भएको छ । मेक्सिकोको एस्टेका रंगशालामा विभिन्न सांगीतिक प्रस्तुतीसहित विश्वकपको उद्घाटन गरिएको हो ।
सोही रंगशालामामा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेल सुरु भएको छ । उद्घाटन समारोहमा मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गरिएको थियो ।
यस्तै आदिवासी कलाकारहरुको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रमसँगै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरुले पनि प्रस्तुत दिए ।
समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता कलाकारहरुले प्रस्तुती दिएका हुन् ।
प्रतिक्रिया 4