Comments Add Comment

गर्भवतीलाई माछा फाइदाजनक

preg-leadisगर्भावस्थाको क्रममा तेलको मात्र बढि भएको माछाका फाइदा हुन्छ । साल्मन, ट्राउट र ट्युना खानु सन्तानको स्वासकोबिरामी तथा दम रोगको जोखिम कम हुने एक अनुसन्धानबाट पत्ता लागेको छ ।

माछाको पछिल्लो भाग तथा पेट आसपासको क्षेत्रमा तेल भएको हुन्छ । माछाको फिलामा ३० प्रतिशतसम्म तेल हुन्छ । उद्यपी यो आँकडा माछाको प्रजाति अनुसार निर्भर हुन्छ ।

अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक भए अनुसार साल्मन माछा खाने गरेकी गर्भवती र नखाने गरेकी महिलाको सन्तानमा ६ महिनासम्म एलर्जी स्तरमा केही फरक पाइएन । तर साल्मन माछाको सेवन गर्ने गरेकी महिलाको सन्तानमा साँढे दुई बर्षको उमेरसम्म स्वासप्रश्वास सम्बन्धि रोग पाइएन ।

बेलायतको युनिभर्सिटी अफ साउथहृयाम्टनका प्रोफेसर फिलिप काल्डरले बताए हनुसार उनीहरुको निश्कर्षले संकेत गर्छ कि यसले पोषणमा शीघ्र हस्तक्षेप गर्छ । यतिसम्म कि गर्भावस्थाको समयमा बच्चाको स्वास्थ्यमा लामो समयसम्म प्रभाव बनाउन सक्छ ।

बोसोको मात्रा बढि भएको खानेकुराले एसिड उत्पादन गर्छ, जसले गर्भवतीलाई झन नराम्रो असर गर्छ भन्ने भनाइ छ । यसले विभिन्न एलर्जी, एस्थेरोस्केरोसिस लगायतको रोगको संभावना बढाउँछ । अनुसन्धानको अनुसार गर्भवती महिलालाई उनको गर्भाधारणको १९ सातापछि हरेक साता दुई पटक साल्मन माछा खुवाइएको थियो । ती महिलाहरुको सन्तानको ६ महिनामा पहिलो पटक र २ बर्षमा अर्को पटक एलर्जीकोजाँच गरिएको थियो ।

अनुसन्धानको रिपोर्ट अमेरिकाको स्यान डियागोमा हालै भएको एक्स्पेरिमेन्टल बायोलोजी नामक सेमिनारमा पेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment