Comments Add Comment

पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यमा सुधार

२० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

Lokendra-bahadur-chandबल्खुस्थित वयोधा अस्पतालमा एक सातादेखि मुटुरोग सम्बन्धी उपचार गरारहेका चन्दको स्वास्थ्यमा राम्रो प्रगति हुँदै गएको पार्टीका प्रवक्ता किरण गिरीले जानकारी दिए ।

दिनअघि उनको मुटुको शल्यक्रिया गरिएको थियो । सोमबारदेखि पूर्वप्रधानमन्त्री चन्दले सामान्य कुरा गर्ने तथा झोलिलो खानेकुरा खान थालेका छन् । गिरीका अनुसार उनको स्वास्थ्यमा अहिले जस्तै सुधार हुँदै गएमा चाडै अस्पताल मुक्त गर्न सकिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment