Comments Add Comment

कलेल प्रिमियर क्रिकेटको उपाधिका लागि हार्टल्याण्ड र सुदूरपश्चिम भिड्ने

Sandeep-Sunar

२४ वैशाख, काठमाडौं । हार्टल्याण्ड कलेज र सुदूरपश्चिम एकेडेमी धनगढी कलेल प्रिमियर लिग क्रिकेटको उपाधि लागि भिड्ने भएका छन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा हार्टल्याण्डले सान्त्वना कलेजलाई ४ रनले हरायो ।

कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको हर्टल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १२० रन बनायो । उसका लागि विपिन चन्दले ४३ रन बनाए भने भुवन कार्कीले १७ रन जोडे ।

जवाफमा मैदान उत्रिएको सान्त्वना कलेजले २० ओभरमा ९ विकेट गुमाएर ११६ रन मात्र बनाउन सक्यो । उसका लागि नरेश बुढायरले ३० रन जोडे भने प्रकाश विष्टले २१ रन बनाए ।

उसलाई सस्तैमा समेट्ने क्रममा आकाश साउदले ३ र भूवन कार्कीले २ विकेट लिए ।

अर्को खेलमा सुदूरपश्चिम एकेडेमीले सीसीआरसीलाई ७ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको सीसीआरसीले २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनायो । उसका लागि शरद भेषावकरले ३१, कप्तान ज्ञानेन्द्र मल्लले ३० र मेहबुब आलमले २८ रन बनाए ।

जवाफमा मैदान उत्रिएको सुदूरपश्चिम एकेडेमीले १९ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि सन्दिप सुनारले ६३ रन बनाए भने कप्तान राजु रिजालले ४३ रनको महत्वपूर्ण पारी खेले । सुवास खकुरेलले २३ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment