Comments Add Comment

एनसेलको रिचार्जमा आकर्षक बोनस उपहार

Ncell-Office-New

९ जेठ, काठमाडौं । एनसेलले रिचार्जमा आकर्षक बोनस पाइने ‘एनसेल, लास्टै ठूलो अफर’ योजना ल्याएको छ । यस योजनामा ग्राहकले दुई सय रुपैयाँभन्दा माथिको रिचार्ज गर्दा प्रत्येक रिचार्जको रकम अनुसार सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको बोनस पाउन सक्छन् ।

यो योजना एनसेलका पि्रपेड ग्राहकका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ । जेठ १० गतेदेखि भदौ ४ गतेसम्म सञ्चालन हुने योजनमा बोनस प्राप्त गर्नका लागि ग्राहकले कम्तिमा दुई सय रुपैयाँ वा सो भन्दा बढी मूल्यको ब्यालेन्स रिचार्ज गर्नुपर्ने हुन्छ ।

ग्राहकले दुई सय रुपैयाँको रिचार्ज गर्दा ५ दिनको लागि मान्य हुने सय रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्ने कम्पनीले जनाएको छ । तीन सयको रिचार्ज गर्दा ७ दिन समयसिमा भएको दुई सयको बोनस पाउनेछन् ।

यसैगरी, पाँच सय र हजारको रिचार्ज गर्ने ग्राहकले क्रमशः चार सय र हजार रुपैयाँ बोनस प्राप्त गर्नेछन् । पाँच सयको रिचार्ज गरे बापत पाइने बोनस उपयोग गर्नका लागि १० दिनको समयसिमा हुनेछ भने हजारको रिचार्ज गरे बापत हजार नै बोनस उपयोगका लागि भने १४ दिनको समयसिमा हुनेछ ।

‘ग्राहकलाई सेवा प्रयोगको राम्रो अनुभव दिएर खुसी राख्नु सदा हाम्रो मुल उदेश्य रहि आएको छ’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने- ‘रिर्चाजमा पाईने यो बोनस योजनाले हाम्रा ग्राहकलाई अझ सस्तोमा सेवाको प्रगोग गर्नका लागि एउटा राम्रो अवसर हुनेछ ।’

यो योजना अन्र्तगत प्राप्त बोनसबाट ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्नेछन् । रिचार्ज कार्ड, भरचुअल फन्ड ट्रान्सफर (भिएफटी) र इ-टप अप मार्फत गरिएका ब्यालेन्स रिचार्जमा यो योजना लागु हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment