Comments Add Comment

मनिषाको सल आशिषको घरमा भेटियो, प्रेमी भन्छन्- झगडापछि झुण्डिएको अवस्थामा देखेँ

१३ जेठ, नवलपरासी । आफ्नै घरमा मृत भेटिएकी मनिषा घर्ती मगरको सल उनको प्रेमी आशिष चौधरीको घरबाट बरामद भएको छ ।

Manisha-gharti-magarमनिषा नेपाली युवा फुटबलर विमल घर्ती मगरकी बहिनी हुन् । उनी बर्दघाट नगरपालिका ८ आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ भने अनुसन्धानका क्रममा प्रहरीले उनका प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरिक्षक टिकाराम पोख्रेलका अनुसार उनीसँग प्रारम्भिक बयान लिइएको छ । उनले आफूले मनिषाको हत्या नगरेको दाबी गरेका छन् ।

चौधरीले वयानको क्रममा मनिषा घर एक्लै छ भन्ने थाहा पाएपछि आफू गएको र राति झगडा भएपछि दुई झापड हानेको स्वीकार गरेका छन् ।

तर, झगडापछि आफू बरन्डामा आएर सुतेको र पछि हेर्न जाँदा कोठामा झुण्डिएको अवस्थामा देखेको दाबी गरेका छन् । झण्डिएको अवस्थामा रहेकी मनिषालाई आफूले तल झरेको तर, उनको मृत्यु भइसकेकाले आफू घर गएको बयान दिएका छन् ।

प्रहरीले मनिषाको सल आशिषकेा घरबाट बरामद गरेको छ ।

पक्राउ परेका आशिष विमलका साथी हुन् । स्थानीयले बताए अनुसार अशिष र मनिषबीच प्रेम सम्वन्ध थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment