Comments Add Comment

यस्तो छ चितवन आइडलको नयाँ गीत

chit

काठमाडौं । चितवन आइडल केदार बरुवाल क्षेत्रीले नयाँ गीत लिएर आएका छन् । रियालीटी सो ‘चितवन आइडल २०७०’ को उपाधि बिजेता क्षेत्रीले ‘जब तिमि’ बोलको गीत मार्फत नेपाली सांगेतिक क्षेत्रमा पाहिला राखेका हुन् ।

चितवन आइडल २०७० को उपाधि जिते लगतै अध्यनका लागि अस्ट्रेलिया पुगेका क्षेत्रीले नेपाल आए लगतै नया गीत रेकर्ड गराएका हुन् । अहिले सार्वजनिक भएको उक्त गीतको भिडियोमा केदार र अलिशा राईको अभिनय रहेको छ ।

भिडियो निर्देशन नितिन चन्दले गरेका हुन् । कल्याण सिंहको संगीत तथा युबराज निमुखाको शब्द रहेको यस गीतले आफुलाई सांगेतिक बजारमा चिनाउने गायक क्षेत्रीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment