Comments Add Comment

तीन किलो कोकिनसहित चिनियाँ नागरिक पक्राऊ

१६ जेठ, काठमाडौं । तीन किलो कोकिनसहित एक चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । मलेसिया एयरबाट क्वालालम्पुर हुँदै हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा कोकिनसहित चुन म्याङ हो पक्राउ परेका हुन् ।

Kokin
फाइल तस्वीर

उनलाई लागुऔषध नियन्त्रण व्यूरोको टोलीले आइतबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ ।

प्रहरीका अनुसार उनी शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका थिए । त्यसपछि एयरपोर्ट नजिकैको होटलबाट बोलिभियाली नागरिकले छाडेको तीन किलो कोकिन लिएका थिए । त्यहाँबाट ठमेल पुगेका उनलाई प्रहरीको टोलीले कोकिनसहित पक्राउ गरेको हो । सुटकेसमा फल्स बटन बनाएर कोकिन राखेको अवस्थामा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेपाल आउनुअघि आफू दुबईमा एक साता बसेको र त्यहिँ अफ्रिकन व्यक्तिले ६० हजार हङकङ डलर दिने बताएपछि कोकिन लिन नेपाल आएको उनले बताएका छन् ।

दुईदिनअघि मात्रै ठमेलबाटै कोकिन लिँदै गर्दा चिनियाँ महिला पनि पक्राउ परेकी थिइन् । यसै साता प्रहरीले २ किलो ६ ग्राम कोकिनसहित नेपाली र विदेशी नागरिकहरुलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment