Comments Add Comment

दानव नदीमा साढे १५ करोड लागतमा पक्की पुल बन्ने

ढवाह-चम्किपुर जोड्ने पुलको बालकृष्ण खाँणले गरे शिलान्यास

Balkkrishna-Khand

१६ जेठ, बुटवल । रुपन्देहीको दानव नदीमा साढे १५ करोड लागतमा पक्की पुल निर्माण हुने भएको छ । पुलले ढवाह-चम्किपुर जोड्ने छ ।

बुटवल उपमहानगरपालिका १४ स्थित दानव नदीमा निर्माण हुने सो पुलको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बालकृष्ण खाँणले शिलान्यास गरे । स्थानीयको मागअनुसार ढवाह-चम्किपुर-सेमलार सडकमा सो पुलको शिलान्यास गरिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

पुलको लम्बाई १ सय २७ मिटर र चौडाई ११ मिटर रहने छ । आगामी ३३ महिनाभित्र पुल बनाइसक्ने लक्ष्य छ ।

सो पुल निर्माणकालागि यो वर्ष २० लाख रुपैयाँ विनियोजन भएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख इञ्जिनियर मेघराज मरासिनीले बताए । पुलमा ४० मिटरका ३ वटा स्पान रहनेछन् ।

पुल निर्माण पछि शहर र गाउँको दुरी घट्नुका साथै बुटवल र सेमलारका जनताले प्रत्यक्ष फाइदा लिने स्थानीयको भनाइ छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले सो पुल निर्माणले स्थानीयलाई बुटवल जोड्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले जनताको काममा आफू सधैं प्रतिबद्ध भएर लाग्ने उनले बताए ।

‘जनताको कामका लागि नै मैले राजनीति गरेको छुँ,’ खाँणले भने, ‘जनताले निर्वाचित गरेकाले जनताको काममा सधैं प्रतिवद्ध भएर लाग्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment