Comments Add Comment

पब्लिक क्याम्पस प्राध्यापक संघमा पाण्डे

१६ जेठ, काठमाडौं । पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले गोपालप्रसाद पाण्डेलाई अध्यक्षमा पुनः चयन गरेको छ ।

Gopal-Prasad-Pandeयही जेठ १४ र १५ गते काठमाडौंमा भएको अधिवेशनले सर्वसम्मत रुपमा २१ सदस्यीय कार्यसमिति गठन गरेको प्रजातन्त्रवादी प्राध्यापक संघका कोषाध्यक्ष डा. विष्णुप्रसाद पोख्रेलले जानकारी दिए ।

नयाँ कार्यसमितिका उपाध्यक्षमा दुर्गादत्त शर्मा, महासचिवमा नरेन्द्र कोइराला, सचिवमा वसन्तराज लामिछाने र कोषाध्यक्षमा भवानी अधिकारी रहेका छन्  ।

त्यस्तै सदस्यमा बालानाथ सिग्देल, युवराज राउत, धर्मदेव भट्ट, कृष्ण हमाल, सन्तोष यादव, सन्तोष पण्डित, देवराज भण्डारी लगायत चयन भएका छन् ।

देशभरका सामुदायिक क्याम्पसमा अध्यापनरत प्राध्यापकबाट छनोट भएका ५ सय ७४ प्राध्यापक प्रतिनिधिका रुपमा अधिवेशनमा सहभागी भएका थिए । संघमा देशभरिका झन्डै ६ हजार प्राध्यापक आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment