+

पछिल्लो दुई दशकको उत्कृष्ट फुटबलर मै हुँः रोनाल्डो

२०७३ जेठ  २९ गते १५:२८ २०७३ जेठ २९ गते १५:२८
पछिल्लो दुई दशकको उत्कृष्ट फुटबलर मै हुँः रोनाल्डो

Ronaldo

२९ जेठ, काठमाडौं । युरो कपको यात्रा थाल्नु अघि क्रिष्टियानो रोनाल्डोले पछिल्लो दुई दशकको उत्कृष्ट फुटबलर आफू भएको दाबी गरेका छन् ।

युरो कप शनिबार विहानबाट सुरु भएको छ । र, पोर्चुगलले आफ्नो पहिलो खेलमा बुधबार आइसल्याण्डको सामना गर्नेछ । यो पटक पोर्चुगलले फ्रान्समा युरो कपको उपाधि जित्न प्रयास गर्ने बताएको छ ।

इटालियन पत्रिका उनडिचीसँगको कुुराकानीमा रोनाल्डोले आफू उत्कृष्ट फुटबलर भएको दाबी गरेका छन् । उनले भने, ‘पछिल्लो २० वर्षमा म नै उत्कृष्ट खेलाडी हुन् । यो मेरो विचार मात्र होइन, रिजल्ट ले नै देखाउँछ ।’

पोर्चुगलका कप्तान रोनाल्डोका लागि युरो २००४ निकै पीडादायक रहृयो । फाइनलमा ग्रिससँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यसपछि ठूलो प्रतियोगितामा पोर्चुगलले उल्लेख सफलता हात पार्न सकेको छैन ।

क्लब फुटबलमा भने उनी लिग र च्याम्पियन्स लिग जितेका छन् । उनका चिरप्रतिद्वन्द्वी बार्सिलोनाका लिओनल मेस्सीले पनि क्लब फुटबलमा एकसेएक उपाधि जितेका छन् ।

र, पछिल्लो विश्वकप र कोपा अमेरिकामा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना फाइनलमा चुकेको थियो । यो पटक रोनाल्डो युरो कपमा व्यस्त रहँदा मेस्सी भने कोपा अमेरिका खेलिरहेका छन् र अर्जेन्टिना उपाधि दाबेदार हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय