+

राष्ट्रिय लिग : पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

२०८२ फागुन  २९ गते १६:५५ २०८२ फागुन २९ गते १६:५५
राष्ट्रिय लिग : पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मछिन्द्र एफसीले अभिनाश स्याङ्गतानको गोलमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ।
  • मछिन्द्रले १० खेलबाट २५ अंक जोड्दै राष्ट्रिय लिग फुटबलमा शीर्ष स्थानमा उक्लेको छ ।
  • प्लानिङ ब्वाइज युनाइटेडले चित्लाङ एफसीलाई ५-२ ले पराजित गरेको छ ।

२९ फागुन, काठमाडौं । अभिनाश स्याङ्गतानको एक मात्र गोल मदतमा मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबल नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको खेलमा मछिन्द्रलका लागि अभिनाशले ३४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यही गोल निर्णायक बन्दा मछिन्द्र ३ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो ।

जितपछि मछिन्द्रले १० खेलबाट २५ अंक जोडेको छ । समान खेलबाट २४ अंकसहित एपीएफ एफसी दोस्रोमा छ । पुलिस १० खेलबाट ८ अंकसहित १२औं स्थानमा छ ।

शुक्रबारै एन्फा कम्प्लेक्स मैदानमा भएको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले चित्लाङ एफसीलाई ५-२ ले पराजित गरेको छ ।

यो जितपछि प्लानिङ ११ खेलबाट २२ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ७ अंक रहेको चित्लाङ १५औं स्थानमा छ ।

तस्बीर :एन्फा

राष्ट्रिय लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय