Comments Add Comment

अपहरण गरी ५० लाख फिरौती माग्ने ‘राजा’ पक्राउ

११ असार, काठमाडौं । अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्त राजा भन्ने राजकुमार ठाकुरलाई प्रहरीले सुन्धाराबाट पक्राउ गरेको छ ।

Pakrauसिराहा लहान नगरपालिका-७ बस्ने ३८ वषर्ीय ठाकुरलाई ईलाका प्रहरी कार्यालय लहान सिराहावाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो ।

ठाकुरले भारत बिहार राज्य मधुवनी जिल्ला बस्ने ३९ वर्षीय महेन्द्र महतोसँग मिलेर सिरहा लहान नगरपालिका-३ वस्ने गुरुदयाल महतोको २०७१ कात्तिक २९ गते अपहरण गरेका थिए । गुरुदयाल त्यसबेला को.१ च ६६४१ नम्बरको गाडी भाडामा चलाउँथे ।

महेन्द्र र राजकुमारले महिला बिरामी भएको बहाना बनाएर गुरुदयालको गाडीमा सिराहाको गोलबजारसम्म जाने भन्दै सप्तरी पन्सेरा गाविस-७ मा ल्याए । त्यहाँ आइपुगेपछि पेस्तोल देखाएर खरचुईया पुल नजिक पुर्‍याएका उनीहरुले भारततर्फ लगि गुरुदयालको साथमा रहेको नगद ३७ हजार तथा मोवाईल लिए । साथै घरपरिवारमा फोन गरी ५० लाख रुपैयाँ फिरौती माग गरेका थिए ।

उनीहरुले फिरौती रकम नदिएमा ज्यानै मारी दिने धम्की दिदै आएकोमा ३१ दिन पश्चात नेपाल प्रहरीको टोलीले पीडितको उद्धार गरेको थियो । घटनामा संलग्न महेन्ऽ महतोसमेत ३ जना यसअघि नै पक्राउ परिसकेका छन् । अपहरणका योजनाकार मानिएका ठाकुर भने फरार थिए ।

खोजतालको क्रममा काठमाडौंको सुन्धारामा फेला पारी पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment