Comments Add Comment

सरकारमा हुँदा समस्या नदेख्ने मधेसवादीले कुर्सीमा नहुँदा मधेसको नारा लगाएः मन्त्री यादव

Umesh Yadav (2)१२ असार, जनकपुरधाम । सिंचाइमन्त्री उमेश यादबले कुर्सीमा बस्दासम्म तराई मधेसका समस्या नदेख्ने मधेसवादी दलहरुले कुर्सीमा नहुँदा मधेसवादको नारा लगाउनु दुखद रहेको टिप्पणी गरेका छन् ।

नेपाल पत्रकार महासंघ धनुषाले जनकपुरमा सञ्चालन गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहमा मन्त्री यादबले मधेसवादी दलहरुलाई कुर्सीमा बस्दा मधेसको समस्या समाधानमा केन्द्रित हुन ध्यानाकर्षण गराए ।

उनले आफैं आफ्नो क्षमताले समृद्ध हुन योग्य रहेको मधेस पछाडि परेकोप्रति चिन्ता ब्यक्त गर्दै खेतीपाती, रोजगारी, शिक्षा लगायतको विकासको मुद्दामा अडिग भएर काम गर्न देखाउन सुझाब दिए ।

बिगतमा पनि मधेसको प्रतिनिधित्व गरेका सांसदहरु मन्त्री बनेको उदाहरण दिदै उनले ती मन्त्रीहरुले समृद्ध मधेशका लागि प्रयास नगरेको आरोप लगाए । उनले खेतीपातीमा निर्भर रहने नेपालमा प्रत्येक जिल्लाले वाषिर्क ३ करोड बजेट पाउँदै आएकोमा आफूले एउटा निर्वाचन क्षेत्रको लागि ३ करोड बजेट विनियोजन गरेको दाबी गरे ।

खेतीपाती र आफ्नै उत्पादनमा निर्भर हुन सरकारले कृषि क्षेत्रलाई महत्व दिएको दाबी गर्दै चालू आवमा मात्रै २ अरब ३० करोड रकम विनियोजन गरेको उल्लेख गरे ।

सोही समारोहमा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री यादबले नेपाल पत्रकार महासंघ धनुषाको निर्माणाधीन भवनमा आवश्यक सहयोग गर्ने वचनबद्धता ब्यक्त गरे । उनले नेपाल सरकारबाट कम्तिमा ६ लाखभन्दा बढी रकम विनियोजन गर्न प्रयास गर्ने बताए ।

पत्रकार महासंघ धनुषाको पत्रकार आचारसंहिता र दक्षता अभिवृद्धि सम्बन्धी दुई दिने प्रशिक्षणमा धनुषाका दुई दर्जनभन्दा बढी क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment