Comments Add Comment

संविधान कार्यान्वयन हुन नदिने त्रिपाठीको चेतावनी

१३ असार, कावासोती । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले सरकारले आफूहरुका माग सम्वोधन नगरे संविधान कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।

Hridayas-Tripathiसरकारले मधेस आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा, घाइतेहरुको उपचार र पक्राउ परेकाहरु विना सर्त रिहा गर्नुपर्ने माग सम्वोधन गर्नुपर्ने उनको भनाइ छ ।

नवलपरासी क्षेत्र नम्बर ६ ले सोमबार त्रिपाठीको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले आफूहरु वार्ताको बिरोधी नभएको तर सरकार र सरकारका सहयोगी दल माथी बिश्वास नरहेको समेत बताए ।

तमलोपाको असार ६, ७ र ८ गते नवलपरासी सदरमुकाम परासीमा भएको प्रथम महाधिवेसनबाट त्रिपाठी निर्विरोध वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।

कार्यक्रममा त्रिपाठीसहित केन्द्रीय सदस्यमा निर्वाचित बिना थनैत, पुरन चौधरी र छविलाल हरिजनलाई अभिनन्दन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment