Comments Add Comment

रुकुमको माटोको उर्वराशक्ति देशभरकै उत्कृष्ट

१४ असार, रुकुम । खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि रुकुमको माटोको उर्वराशक्ति मुलुककै उत्कृष्ट भएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

Mato-Rukumजिल्ला कृषि विकास कार्यालयको पहल र अगुवाइमा रुकुमको कृषि प्रणालीमा सुधार ल्याई कृषकको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ दुई वर्षदेखि माटो परीक्षण अगाडि बढाइएको थियो ।

खाद्यान्न र नगदेबाली उत्पादनका दृष्टिले रुकुमको माटो देशभर उत्कृष्ट रहेको प्रतिवेदन सोमबार क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराका इन्द्रबहादुर ओलीले प्रस्तुत गरे।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईंले समशीतोष्ण हावापानी र सदाबहार किसिमको मौसमका कारण रुकुमको माटाको उर्वराशक्ति उच्च रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment