Comments Add Comment

काबुल आक्रमणमा घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने

kp-oli
१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काबुल आक्रमणमा मारिएकाहरुको शव सरकारकै पहल र खर्चमा ल्याइएको बताएका छन् । रोजगार दाता कम्पनीले पैसा दिएर ल्याएको दाबी गलत भएको उनले बताए ।

व्यवस्थापिका संसदको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले १३ जना नेपालीको ज्यान जाने गरी भएको काबुल घटनाको निन्दा र विरोध गरे । उनले काबुल घटनामा घाइते भएकाहरुको उपचार खर्च पनि सरकार आफैंले व्यहोेर्ने बताए । घाइते मध्ये ५ को भारतमा र एकको अफगानिस्तानमा उपचार भइरहेको छ ।

घटनामा मारिएकाहरुलाई नेपाल वायु सेवा निगमको जहाजबाट काठमाडौं ल्याइएको थियो । उक्त विमान सरकारले चार्टर गरेर पठाएको थियो ।

प्रधानमन्त्री ओलीले संसदमा भने, ‘सरकारले जहाज पठायो र ल्यायो तर, त्यसलाई अवमुल्यन गर्ने गरी प्रयास भयो । बैदेशिक रोजगारसँग सम्वन्धित कम्पनीहरुले १०-१० हजार डलर दिएको थियो, त्यस आधारमा ल्याइएको भन्ने भ्रमपूर्ण प्रचार गरियो ।’ उनले अघि भने, ‘कसैले सहयोग गरेर, पैसा दिएर होइन । सरकारले आफ्नैतर्फबाट ल्याएको हो ।’

साथै उनले सरकारले दिएको १० लाख मृतकका परिवारले पाउने बीमा तथा सहयोगमा कट्टा नगरिने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment