८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय पक्षले दसगजानजिकै एकतर्फी रुपमा बनाएको बाँध तथा उच्च सडकका कारण नेपालका रुपन्देही र कपिलबस्तुको सीमावर्ती भूमि डुबानमा परेको छ ।
सीमानजिकै भारतले बनाएको बाँध तथा सडकले पानी रोकिँदा नेपालतर्फको हजारौं हेक्टर भूमि जलमग्न भएको आजको अन्नपूर्णले जनाएको छ ।
भारतले सीमा सडक निर्माण योजना अन्तर्गत विगत १५ वर्षदेखि दसगजा नजिकै सडक विस्तार र्दै सडक उच्च र पक्कि बनाई पानी निकास रोकिँदा डुबानको समस्या आएको डुवान प्रभावित क्षेत्रका स्थानीय मोहम्मद फारुद खाँले गुनासो गरे ।
बाँधेको फाँटक पूर्णरुपमा नखोल्दा सडकमा राखिएका कल्भर्ट सानो र जमिनदेखि चारफुट माथि राख्दा सीमावर्ती हजारौं खेतीयोग्य जीवन डुबानमा पर्दा धान रोपाइँ गर्नबाट बञ्चित भएको नेपाल किसानसंघका केन्द्रीय सदस्य चतुर्भूजमणि त्रिपाठीले जानकारी दिए ।
बिहीबार रातिदेखि शुक्रबार अपराहृनसम्म परेको अविरल वर्षपछिको बाढीले निकास नपाउँदा ती क्षेत्र जलमग्न भएका छन् । डुवान क्षेत्र बढेपनि मानवीय क्षति भने भएको छैन ।