Comments Add Comment

गुगलले किन खोज्छ तपाइँ हाम्रो मेडिकल रेकर्ड ?

google_deepmind_medical_recordsखेलको दुनियाबाट निस्केर गुगल अब धेरै गम्भीर विषयहरु, जस्तै मानिसहरुको स्वास्थ्य सम्बन्धी समस्याहरुको समाधानतर्फ लाग्दैछ ।

गुगल मातहतको बेलायती कम्पनी गुगल डिपमाइन्ड मार्फत गुगलले एउटा नयाँ प्रयोग गर्दैछ स्वास्थ्य क्षेत्रमा । यो प्रोजेक्टमा बेलायतको लण्डनस्थित मूरफिल्ड  आँखा अस्पताल लगायतको साझेदारी रहेको छ । जसको माध्यमबाट गुगलले १० लाख आँखाको स्क्यान गरेर आफ्नो सिस्टमलाई आँखाका समस्याहरुको समाधानका लागि अभ्यस्त बनाउनेछ ।

साथै गुगलले एउटा यस्तो एप बनाउनेछ जसले डाक्टरहरुलाई मृगौलाका बिरामीको बारेमा जानकारी प्रदान गर्न सहयोग गर्नेछ ।

स्वास्थ्य क्षेत्रमा गुगलको यो पहललाई कतिपयले सह्राना गरेका छन्, खासगरी डाक्टरहरुले । तर कतिपय गोपनियता पक्षधरहरु तथा बिरामीहरु भ्ने यसबाट खुसी छैनन् ।

ऋाफ्ना तथ्य तथा जानकारीहरु गुगलको आर्टिफिसियल इन्टेलिजेन्स विभागमा पुग्ने चिन्ता उनीहरुको छ ।

गुगललाई हाम्रो स्वास्थ्य सम्बन्धी डाटा किन चाहिएको हो र हामी किन चिन्तित हुनुपर्छ ?

गत मे मा के कुराको खुलासा भयो भने गुगलले डिपमाइन्ड कम्पनीलाई विभिन्न ३ वटा अस्पतालबाट १० लाख भन्दा बढि बिरामीहरुको स्वास्थ्य सेवा सम्बन्धी डाटा संग्रहित गर्न अनुमति दिएको छ । लण्डनको रोयल फ्री ट्रस्टले ती अस्पताल संचालन गर्दछ । यी स्वास्थ्य सम्बन्धी डाटाहरुको सहयोगमा एउटा एप निर्माण गरिनेछ जसको नाम हुनेछ स्टि्रम्स ।
यसले डाक्टरहरुलाई कुनैपनि बिरामीमा मृगौला सम्बन्धी रोगको सम्भावना कति छ भन्ने कुरा समयमै जानकारी प्रदान गर्नेछ ।

यो सम्झौताको घोषणा गत फेब्रुअरी महिनामै गरिएको थियो तर त्यस समयमा यो कुरा मिडियामा ल्याइएन ।
सबैभन्दा ठूलो सवाल यो छ की आखिर यतिधेरै डाटा गुगलले किन शेयर गर्दैछ । जबकी निकै कम मानिसहरुले मात्र यो एपबाट फाइदा उठाउनेवाला थिए ।

डिपमाइन्टका सह सस्थापक मुस्तफा सुलेमानका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स अझै सिधै बिरामीको देखभाल गर्ने कार्यमा जोडिएको छैन । उनका अनुसार अस्पतालहरु नै स्वयं यस विषयमा सहयोग माग्दै डिपमाइन्ड कम्पनीमा आएका थिए । मृगौला रोग विशेषज्ञ क्रिस ल्याण्ड  मृगौला रोगीको सहयोगका लागि गुगलको सहयोग सम्भव रहे नरहेको कुरा बुझ्नका लागि कम्पनीमा आएको उनको भनाई छ ।

उनका अनुसार आफ्ना डाटाहरु गुगलमा शेयर गर्न नचाहने बिरामीहरुले नेसनल हेल्थ सर्भिस ट्रस्टका डाटा सुरक्षा अधिकारीसँग भेट गरी आफ्नो डाटाको गोपनियताको लागि निवेदन दिन सक्छन् । अहिलेसम्म बेलायतमा १४८ जना व्यक्तिले आफ्नो सहमति फिर्ता लिइसकेका छन् । तर अहिलेपनि बिरामीको ठूलो हिस्सा यसको साथमा छन् ।
गुगलले आफुसँग भएको डाटा अरु कम्पनीसँ शेयर नगर्ने उनी बताउँछन् ।

स्वास्थ्य क्षेत्रसँग गुगल जोडिएको यो पहिलोपटक भने होइन । बुढोपनसँग जुध्ने, मधुमेहका रोगीका लागि ग्लुकोजको मात्रा नाप्ने स्मार्ट कन्ट्याक्ट लेन्स जस्ता कैयन् परियोजनामा गुगलले ठूलो धनराशी लगानी गरिसकेको छ ।
ग्ुगलले मानिसहरुको फाइदाका लागि विभिन्न परियोजना संचालन गरेको छ । तर गुगलले पैसा पनि कमाउनुछ र मुनाफाको यो कुराबाट स्वास्थ्य सेवा पनि बाहिर हुन सक्दैन ।

सुलेमान भन्छन्ःअहिले हामीहरु टूल तथा सिस्टम बनाइरहेका छौँ जो हाम्रोलागि उपयोगी हुनेछन् । जब प्रयोगकर्ताहरु यसमा सामेल हुनेछन् तब कसरी त्यसबाट पैसा कमाउने भन्ने बारेमा हामी सोच्नेछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment