Comments Add Comment

माओवादी केन्द्र ‘वासिङ पाउडर’जस्तैः डा.भट्टराई

१३ साउन, सुर्खेत । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रलाई ‘वासिङ पाउडर’ को संज्ञा दिएका छन् ।

Dr.-Baburam-Bhattaraiकहिले नेकपा एमालेले आफू सफा हुन प्रयोग गर्ने र कहिले नेपाली कांग्रेसले प्रयोग गर्ने गरेकाले माओवादीको भूमिका वासिङ पाउडरको जस्तै भएको भट्टराईले बताए । उनले भने, ‘पहिले एमालेले माओवादीलाई प्रयोग गर्‍यो आफू सफा देखिन । अहिले कांग्रेसले प्रयोग गर्दैछ ।’

नयाँशक्ति नेपाल प्रदेश नम्बर ६ का कार्यकर्ताहरुलाई प्रशिक्षण दिन भट्टराई सुर्खेत आएका छन् ।

कांग्रेस-माओवादीसँग जवाफ माग

बिहीबार बिहान प्रेस सोसाइटीले विरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान कांग्रेस-माओवादी गठबन्धन भारतको आडमा निर्माण भएको हल्ला जनस्तरसम्म आएको भन्दै यसको जवाफ दुई पाटीहरुले दिनुपर्ने बताए । ‘देशको अस्मीतामाथी नै आँच आउने गरी सरकार गठनमा बाह्य शक्तिको नाम जोडिनु दुःखद हो,’ उनले भने, ‘यसको वास्तविकता जनता सामु ल्याइनुपर्छ ।’

संसदीय प्रणालीकै कारण अहिले संसदमा फोहरी खेल भैरहेको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासन नेपालमा जरुरी रहेको दोहोर्‍याए ।

संसदीय राजनीतिले थारै सिट जित्नेले पनि प्रधानमन्त्री बन्न खोज्दा संसदमा फोहोरी खेल शुरु भएको भन्दै उनले प्रत्यक्ष निर्वाचीत कार्यकारी राष्ट्रपतीय शासन लागु गरेर मात्रै यसको अन्त्य गरिने बताए । ‘संसदीय राजनीतिकै कारण एकसिटे पार्टी पनि बार्गेनिङ गरेर सरकारमा जान खोज्छन्,’ उनले भने, ‘पहिलो पार्टीले मात्रै सरकारको नेतृत्व गर्ने संस्कार विकास गर्नुपर्दछ ।’

कुनै पनि सिद्धान्त परिवर्तनशिल हुने भन्दै उनले आफ्नो पार्टीले वाम-लोकतान्त्रिक सिद्धान्त अवलम्बन गरेको डा. भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment