Comments Add Comment

शुक्रबार काठमाडौं उपत्यकामा सार्बजनिक विदा

Ministry-of-Home१३ साउन, काठमाडौं । सरकारले शुक्रबार काठमाडौं उपत्यकामा सार्बजनिक विदा दिएको छ । शुक्रबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा हो ।

गृहमन्त्रालयले बिहीबार सूचना निकालेर शुक्रबार काठमाडौंमा सार्बजनिक विदा दिइएको जानकारी दिएको छ ।

ललितपुरको जावलाखेल चोकमा रातो मच्छिन्द्रनाथको भोटो देखाएपछि मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुने गर्दछ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने जात्रा हो ।

भोटो देखाउने अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट अतिथिहरुको समेत सहभागीता हुने गर्दछ ।

हेर्नुहोस् गृहमन्त्रालयको सूचना 

Home-ministry-Relese

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment