Comments Add Comment

साहित्यकार अपुरोको लघुकथा मलेसियामा विमोचन

 

क्वालालम्पुर । साहित्यकार राजु क्षेत्री ‘अपुरो’को लघुकथा सग्रह ‘भाग्य र कर्म’ मलेसियामा बिमोचन गरिएको छ ।

bhagya-ra-karmaलघुकथा दिवसको अवसर पारेर क्वालालम्पुरमा कथा सग्रहको विमोचन गरिएको हो । कथा सग्रहमा ५४ वटा लघुकथाहरु समावेश गरिएको छ । श्रमिकहरुको पीडा तथा र नेपाली समाजको विकृति विसङगतिलाई पुस्तकमा समावेश गरिएको कथाकार राजु क्षेत्री अपुरोले जानकारी दिए ।

विमोचन कार्यक्रममा लघुकथा समाज मलेशियाका संयोजक जीवन देवान गाउले, विश्व नेपाली साहित्य समाजका केन्द्रीय सदस्य दिलिप सगर राई, साहित्यकारहरू सिरुखर्के जेठा, सन्दिप सङ्ग्रौला ‘दिनदुःखी’, पत्रकार कोपिला गौतम, अर्जुन काˆले लगायतको उपस्थिति थियो ।

त्यस्तै मगर संघ मलेसियाका महासचिव दिपक सुनाखरी र पुस्तक प्रकाशन सहयोगी पदम जिसीलगायकाले पुस्तकको बारेमा चर्चा गरेका थिए । लघुकथा समाज अन्तर्राष्ट्रिय समन्वय समिति मलेसियाको आयोजना र विश्व साहित्य महासंघ मलेसियाको सहआयोजनामा विमाचन कार्यक्रम गरिएको हो ।

यस अघि साहित्यकार क्षेत्रीले ‘भोगाई र अनुभवहरू’ (संस्मरण) र ‘मेरा केही लघुकथाहरु’ (लघु कथा सग्रह) प्रकाशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment