Comments Add Comment

अनाथ बालवालिकाले पाए बेलायतबासी नेपालीको सहयोग

'हामीले सही ठाउँ छानेछौं, भविष्यमा थप सहयोग जारी राख्छौं'

Donatiuon

९ भदौ,सर्लाही । माओवादी सशस्त्र युद्धदेखि मधेस आन्दोलनसम्मका बिभिन्न हिंसात्मक घटनाका क्रममा अभिभावक गुमाएका बालवालिकालाई आश्रय दिएर पठनपाठन गराउदै आएको चेतना सन्देश नेपाललाई बेलायतबासी नेपालीले आर्थिक सहयोग गरेका गरेका छन् ।

गैरआवासीय नेपाली संघ महिला मञ्च युकेको संयोजनमा बेलायतमा संकलित १० लाख ८७ हजार रुपैयाको चेक बुधवार सर्लाहीको घुर्कौलीस्थित चेतना सन्देश विद्यालयमा आयोजत एक कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

एनआरएन युकेका महिला संयोजक सुशीला राई र सहसंयोजक इशा गुरुङले संयुक्त रुपमा सो रकमको चेक संस्थाका अध्यक्ष सुरेन्द्र लामालाई हस्तान्तरण गरेका हुन् । सो रकम द्वन्द्वपीडित बालवालिकाको पठन पाठन र आवास गृह निर्माणमा खर्च गरिने संस्थाकी कोषाध्यक्ष बेची लुङ्गेलीले बताइन् ।

कार्यक्रममा एनआरएन युकेका पूर्वमहासचिव एबम् प्रवासी नेपाली मन्च बेलायतका अध्यक्ष रामशरण सिंखडा र एनआरएन युकेका प्रवक्ता खुसी लिम्बु समेत सहभागी थिए ।

माओवादी युद्ध, मधेस आन्दोलन लगायत बिभिन्न द्वन्द्वका क्रममा अभिभावक गुमाएका ४२ बालवालिकालाई संस्थाले आश्रय दिइरहेको छ । उनीहरुको पठनपाठन,अ ावास र अभिभावकत्वको जिम्मेवारी समेत संस्थाका अध्यक्ष सुरेन्द्र लामाले लिएका छन् ।

सोही अवसरमा आश्रति बालवालिकासँग पनि गैरआवासीयी नेपाली संघ बेलायतका अगुवाहरुले अन्तर्क्रिया गरेका थिए । चेतना केन्द्र र त्यहाँका बालबालिकाको शुरुवातदेखि हालसम्मको अवस्थाका बारेमा संस्थाकै सदस्य आरती लामाले जानकारी गराएकी थिइन् ।

आरती लामाको प्रस्तुतिले आफूहरुलाई सो संस्थामा भविष्यमा थप सहयोग जुटाउन प्रेरित गरेको एनआरएन युकेकी महिला सहसंयोजक इशा गुरुङले बताइन् । ‘हामीले सही ठाउँमा सहयोग गरेछौं भन्ने पुष्टि भयो र यो भन्दा ठूलो सहयोग यस्ता संस्थालाई आवश्यक रहेछ’ उनले भनिन् ।

प्रवासी नेपाली मन्चका अध्यक्ष सिंखडाले धेरै गैरसरकारी संस्थाहरुले काम भन्दा बढी प्रचार गरेको सन्दर्भ कोट्याउदै चेतना सन्देशले भने आफ्नो कामको समेत प्रचार नगर्दा पछि परेको अनुभव भएको बताए ।

भावी दिनमा यस्ता परोपकारी संस्था र व्यक्तिहरुको लागि गैरआवासीय नेपालीले आ-आफ्नो ठाउँमा सहयोग जारी राख्नुपर्ने उनले बताए । महिला संयोजक सुशीला राईले आफूहरुले सही ठाउँमा सहयोग गरेको भन्दै भविष्यमा थप सहयोग जुटाउने आश्वासन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment