Comments Add Comment

भक्तपुरमा जन्ती बस दुर्घटना, ३० भन्दा बढी घाइते

९ भदौ, काठमाडौं । भक्तपुरको नगरकोटस्थित जितपुर भन्ने स्थानमा जन्ती बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी घाइते भएका छन् ।

Bhaktapur-Mapचरेलीबाट जन्ती लिएर काठमाडौंको कोटेश्वर आउँदै गरेको बा ४ ख १९०५ नम्बरको बस घुम्तीमा मोडिन नसक्दा दुर्घटनामा परेको भक्तपुरकी एसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

बस सडकबाट करिब २५ मिटर तल खसेको एसपी बज्राचार्यले बताइन् ।

घाइतेमध्य १८ जनाको भक्तपुर अस्पतालमा र ११ जनाको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्य केहीको अवस्था गम्भिर देखिएको छ ।

एसपी बज्राचार्यले भनिन्, ‘यो रुटमा चल्ने बस होइन । त्यसैले बाटोबारे जानकारी नहुँदा बस दुर्घटनामा परेको हुनसक्ने अनुमान छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment