Comments Add Comment

मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा फर्किएकोमा म्याराडोना असन्तुष्ट

Maradona-And-Messi

सुपरस्टार लियोनल मेस्सीले सन्यास फिर्ता लिएकोमा अर्जेन्टिनाका महान फुटबलर तथा उनका पूर्व प्रशिक्षक डिएगो म्याराडोनाले आलोचना गरेका छन् ।

म्याराडोनाले मेस्सीको यो कदमलाई ‘व्यक्तित्वमा कमी’भएको टिप्पणी गरेका छन् । २९ बर्षीय मेस्सीले कोपा अमेरिकाको फाइनलमा लगातार दोस्रो पटक असफल भएलगत्तै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

‘मलाई लाग्दैन कि मेस्सीको सन्यास घोषण, अर्जेन्टिनाले ब्यहोरेको लगातार तीन फाइनल पराजयलाई बिर्साउन थियो ।’ म्याराडोनाले मेस्सीको सन्यास फिर्ताबारे कटाक्ष गर्दै भने, ‘एउटा खेलाडी सन्यासको घोषणा गर्छ र केहि साता भित्रै मनसाय परिवर्तन गर्दै मैदानमा फर्कन राजी हुन्छ ।’

उनले मेस्सीको सन्यासलाई अपरिपक्व कदम भनेका छन् । उनले भनेका छन् कि उसको सन्यास नै अपरिपक्व थियो, उनी हतास हुनुपर्ने कुनै कारणै छैन, यो उनको मात्रै कमजोरी होइन, यो टोलीका ११ जनाकै कमजोरी हो ।

उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेस्सी, गोन्जालो हिगुइन र सर्जियो एग्युरोलाई अग्रपंक्ति सुम्पिनेबारेमा ध्यान दिन नवनियुक्त प्रशिक्षक एडगार्डो बाउजासँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment