Comments Add Comment

साहरुखका लागि जुत्ता बनाउँदा पाकिस्तानी फ्यान जेलमा

srk shoes
बलिउड नायक साहरुख खानका फ्यान विश्वमा हजारौ छन् । साहरुखका लागि जे पनि गर्न तयार फ्यानको संख्या विश्वमा करोडौ छ । तर, एक फ्यानले साहरुखप्रति यस्तै क्रेज देखाउँदा जेल जानु परेको छ । पाकिस्तानका एक फ्यानले साहरुखका लागि जुत्ता बनाउँदा जेल जानु परेको छ ।

पाकिस्तानको वाइल्डलाइफ डिपार्टमेन्टले जंहागीर खान नाम गरेका जुत्ता बनाउने व्यक्तिलाई हरिणको खालबाट जुत्ता बनाएको भन्दै गिरफ्तार गरेको हो । जब खानले आफूले साहरुखका लागि हरिणको खालबाट जुत्ता बनाएको भन्दै मिडियामा बोले, उनलाई गिरफ्तार गरेर कारवाही अगाडि बढाइएको हो ।

उनको पसलबाट पेशावरी जुत्ता र हरिणको खाल वरामद गरिएको छ । हरिणको शिकार गर्न प्रतिवन्ध लागेकाले पनि उनलाई गिरफ्तार गरिएको हो । साहरुखकी बहिनी नुर अर्को हप्ता पाकिस्तानबाट भारत आउँदैछिन् । उनले साहरुखलाई के गिफ्ट ल्याइदिउँ भन्दा पेशावरी जुत्ता भनेका थिए ।

जहांगिरका अनुसार जुत्ता बनाउन एक महिना लागेको थियो । साहरुखले पेशावरी जुत्ता भनेपछी जहांगिरले खुबै मिहिनेत गरेका थिए । उनी साहरुखका ठूला फ्यान हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment