Comments Add Comment

यमनमा आत्मघाती आक्रमण, कम्तिमा ६० को मृत्यु

yeman-bisfot

यमनको दक्षिणी शहर अदेनमा गराइएको आत्मघाती बम विष्फोटमा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

उद्धार अधिकारीहरुलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार आत्मघाती आक्रमणकारीले अदेन शहरको सैनिक तालिमकेन्द्रमा विष्फोट गराएका थिए ।

सरकारद्वारा संरक्षित सशस्त्र संगठन पपुलर रेसिस्टेन्स मिलिसियाको क्याम्पमा आक्रमण भएको बताइएको छ ।

यस आक्रमणले यमनको साउदी अरव समर्थित सरकार र बिद्रोहीबीच १७ महिना लामो युद्ध समाप्त पार्ने अभियानमा असर गर्नसक्ने बताइएको छ ।

सरकार र बिद्रोहीबीचको युद्धमा ६ हजार ६०० भन्दा बढी नागरिको मृत्यु भएको र २५ लाखभन्दा बढी घरबारबिहीन भएको संयुक्त राष्ट्रसंघको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment