Comments Add Comment

बेलायतको संसद भवनभित्रै अर्धनग्न प्रदर्शन

बेलायतको तल्लो सदन हाउस अफ कमन्समा सोमबार साँझ अद्र्धनग्न प्रदर्शन गरिएको छ । जलवायु अभियन्ताहरुको समुहले हाउस अफ कमन्सको पब्लिक ग्यालरीमा घुसेर माथिको लुगा फुकालेका थिए भने तल पनि कट्टु मात्रै लगाएका थिए ।

ब्रेक्जिट सम्वन्धमा सांसदहरुबीच छलफल हुनुभन्दा ठिक अगाडि सो घटना भएको हो । एक्सटिन्सन रिबेलियन नामक समुह जलवायू र पर्यावरण सम्वन्धमा सांसदहरुलाई झक्झक्याउन यस्तो प्रदर्शन गरेको जनाएको छ । प्रदर्शनमा महिला तथा पुरुषहरु सहभागी थिए ।

उनीहरुमध्ये दुई जनाले शरीरमा खैरो रंगको पेन्ट गरेका थिए भने हात्तीको मास्क लगाएका थिए । अन्यले शरीरमा ‘स्टप वेस्टिङ टाइम’ लेखेका थिए । केही प्रदर्शनकारीहरु पब्लिक ग्यालरी र तलको च्याम्बरलाई छुट्याउने शीशामा टाँस्सिएका थिए । उक्त शिशा साउन्ड प्रुफ भएकाले सांसदहरुले उनीहरुको आवाज सम्भवत सुन्न सकेनन् ।

एउटा विज्ञप्तिमा उक्त समुहले भनेको छ, ‘हामी जलवायू संकटमा सांसदहरुको ध्यान तान्न चाहन्छौं ।’

गार्जियनका अनुसार पब्लिक ग्यालरीमा प्रदर्शन भइरहँदा सांसदहरुले ब्रेक्जिटमाथिको छलफल जारी राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment