Comments Add Comment

डेभिड लुइज आश्चर्यजनक रुपमा चेल्सी फर्कँदै

David-Luis

इंग्लिस क्लव चेल्सीले डिफेण्डर डेभिड लुइजलाई स्टाम्फोर्ड ब्रिजमा पुनरागमनका लागि आश्चर्यजनक रुपमा ३२ मिलियन पाउण्ड खर्चने भएको छ ।

ब्राजिलियन डिफेण्डर लुइजलाई सन् २०१४ को जुनमा चेल्सीले कीर्तिमानी ५० मिलियन पाउण्डमा बेचेको थियो । तर लुइज अहिले पश्चिम लण्डन फर्कन सहमत भएका छन् ।

कप्तान तथा सेन्टर ब्याक जोन टेरीको बिकल्पको रूपमा चेल्सीले उपयुक्त खेलाडी पाउन सकेको छैन । उसले एसी मिलानका एलेसियो रोमाग्नोली र नापोलीका कालिदोउ कोउलिवालीलाई क्लवमा ल्याउन प्रयास गरेपनि अन्ततः लुइज अनुबन्ध भएका छन् ।

फ्रान्सेली लिग वानको सुरुवाती खेलमा मोनाकोबिरुद्धको पराजयपछि २९ बर्षीय लुइजको प्रदर्शनलाई लिएर ओलोचना भएको थियो । त्यस खेलमा पिएसजीका नवनियुक्त प्रशिक्षक उनाइ एम्रेले उनलाई पतिस्थापन गरेका थिए ।

चेल्सीले फियोरेन्टिनाका स्पेनिस लेफट ब्याक मार्कोस अलोन्सोलाई पनि २३ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । उनी मंगलबार राति मेडिकलका लागि चेल्सी पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment