Comments Add Comment

संविधान संशोधनको तयारी: मन्त्री निधि

Bimalendra Nidhi  (1)

९ असोज, जनकपुरधाम । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनको तयारी गरिरहेको जानकारी दिएका छन् ।

जनकपुर सुनचाँदी व्यवसायी सङ्घका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहलाई आइतबार सम्बोधन गर्दै उनले संविधान संशोधनपछि कार्यान्वयन गर्ने सन्दर्भमा तीन निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सबैको काँधमा भएको बताए । ‘मुलुकमा अब आन्दोलन नभई संविधान संशोधन र कार्यान्वयनको आवश्यकता छ,’ उनले भने ।

गृहमन्त्री निधिले सरकारको जनकपुरमा उच्च अदालतको स्थापना गर्ने निर्णयले जनकपुरलाई प्रदेशको राजधानी बन्ने सम्भावनाको ढोका खोलेकाले सो अनुरूप जनकपुरलाई मिथिला संस्कृतिको परिचायकका रूपमा प्रवद्र्धन गरिएमा सङ्घीयताको तात्विकता सिद्ध हुने धारणा राखे ।

जनकपुरको सुनचाँदीका गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न पौराणिक गरगहना निर्माणको खाँचोमा जोड दिँदै उनले भने, ‘यसका लागि व्यवसायीले पौराणिक गरगहना अनुुसन्धान संस्था स्थापना अनुसन्धान अनुरूप सुनचाँदीको गरगहना निर्माण गर्नु जरूरी छ ।’

सङ्घका अध्यक्ष अमरनाथ गुप्ताका अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी पवन सिङ्घानियालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment