Comments Add Comment

प्रदेश नम्बर ५ लाई नचलाउन एमाले र माओवादीको चेतावनी

'पहाडी जिल्ला छुट्याइयो भने अन्य प्रदेशमा पनि आन्दोलन हुनेछ'

Pradesh-5

९ असोज, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले प्रदेश नम्बर पाँचको अहिलेको सिमांकन नै सही भएको भन्दै त्यसलाई चलाए स्वीकार्य नहुने बताएका छन् ।

व्यवस्थापिका संसदमा एमाले सांसद बैजनाथ चौधरीले प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई ४ र ६ नम्बर प्रदेशमा मिसाएर सिमांकन पुनरावलोकन गरिए त्यो स्वीकार्य नहुने चेतावनी दिए ।

नवलपरासी क्षेत्र नम्बर ४ का प्रत्यक्ष निर्वाचित सांसद तथा एमालेका प्रभावशाली नेता चौधरीले नवलपरासीदेखि बर्दियासम्मको तराइ भूभागमात्र समेटिएको प्रदेशले अन्य प्रदेशमा समेत आन्दोलन शुरु हुने बताएका छन् ।

व्यवस्थापिका संसदको शून्य समयमा बोल्दै चौधरीले भने, ‘५ नम्बर प्रदेश अन्तर्गतका पहाडी जिल्लालाई छुटाएर अन्यत्र लगियो भने त्यो हामीलाई मान्य छैन । अहिले संविधान संशोधन होइन कार्यान्वयन जरुरी छ ।’

च्ाौधरीले परासीदेखि बर्दियासम्मको तराई भूभाग र पहाडी जिल्लाहरु मिलाएर बनाइएको ५ नम्बर प्रदेशलाई नचलाउन चेतावनी दिए ।

यसैगरी एमाले सांसद सोमप्रसाद पाण्डेले पाँच नम्बर प्रदेशलाई चलाए थेग्न नसक्ने आन्दोलन हुने चेतावनी दिए ।

माओवादी नेता टोपबहादुर रायमाझीले पनि ५ नम्बर प्रदेशलाई चलाइए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

संसदको बिशेष समयमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले भने संविधान संशोधन गरेर मधेसको मुद्दा समाधान गर्नुपर्ने बताए । उनले एमालेले संविधान संशोधनबारे अनुदार नीति लिएकोमा आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment