+

चोटका कारण सिटी स्टार ब्रुयेन तीन साता मैदानबाहिर रहने

२०७३ असोज  १२ गते ११:५९ २०७३ असोज १२ गते ११:५९

Pep-Guardiola

काठमाडौं । गत साता स्वान्सीबिरुद्धको खेलमा अन्तिम मिनेटमा चोटग्रस्त बनेका इंग्लिस क्लव म्यान्चेस्टर सिटीका बेल्जियन स्टार केभिन डि ब्रुयेन आगामी दुई वा तीन साता मैदानबाहिर रहनेछन् । उनले बुधबार च्याम्पियन्स लिगमा सेल्टिकबिरुद्धको खेल पनि गुमाउनेछन् ।

पि्रमियर लिगको सुरुवाती ६ खेलमा २ गोल र पाँच एसिष्ट गरेका बु्रयेन निक्कै उत्कृष्ट लयमा देखिन्छन् , तर उनी केहि समय मैदान बाहिरै रहनुपर्ने भएको छ ।

‘यो खासै ठूलो इन्ज्यूरी होइन ।’ च्याम्पियन्स लिगको पि्रम्याच कन्फ्रेन्समा सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘अब दुई सातामै उनी निको भइहाल्छन् ।’

यी क्याटलान प्रशिक्षकले यो पनि भनेका छन् कि बुधबार हुने खेलमा सेल्टिक पार्कको माहोल हेर्न उनी उत्सुक छन् । भन्छन्, ‘ग्लास्गोमा मेरो पहिलो पटक हो ।’

सबैजना यहाँका उत्कृष्ट माहोलको बारेमा कुरा गर्छन् र म त्यसको महशुस गर्न गइरहेको छु ।

ग्वार्डिओलाले भने ‘मलाई थाहा छ सेल्टिक कति बलियो छ ।’

लेखक
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय