Comments Add Comment

गगनको काँधमा ५१ किलोको माला !

स्वास्थ्यमन्त्री थापाले दिए स्पष्टिकरण

१३ असोज, नेपालगञ्ज । स्वास्थ्यमन्त्री गगन थापाले पुराना नेताहरुको संस्कारलाई निरन्तरता दिँदै नेपालगञ्जमा ५१ किलो (आधा क्विण्टल) को माला लगाएका छन् ।

gagan thapa
तस्वीरः विष्णु निष्ठुरीको फेसबुकबाट

मन्त्री थापा बुधबार स्वास्थ्य मन्त्रालयको क्षेत्रीय समीक्षा गोष्ठीका लागि नेपालगञ्ज पुगेका थिए । तर, ५१ किलोको मालाबाट सम्मानित भए ।

मन्त्री थापालाई लगाइदिएको माला दाङको घोराहीबाट लगिएको थियो । कांग्रेसको कोहलपुर नगरसमितिले विमानस्थलमै लगाइदिन चाहेको थियो । तर, थापाले नमानेपछि कोहलपुरमा स्वास्थ्य चौकी उद्घाटन गर्न जाने क्रममा नगरप्रवेश गर्दा मालाबाट गराइएको थियो ।

कोहलपुर कांग्रेस नेताहरुले यो माला एक शुभेच्छुकले उपलव्ध गराएको दाबी गरेका छन् ।

थापाले ५१ किलोको माला लगाएको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । पत्रकार विष्णु निष्ठुरीले थापाको तस्वीर शेयर गर्दै लेखेका छन्, ‘यो तस्वीरमा कुनै प्राविधिक छलकपट छैन भने अबदेखि कुनै पनि जोगीका कान चेक गरिरहनु परेन !’

यसअघि प्रचण्ड, केपी शर्मा अोलीसहितका नेताले पनि यस्तै गरी ५१ किलोको माला लगाएका थिए । यतिसम्मकी कांग्रसका नेता खुमबहादुर खड्का भ्रष्टाचारको अभियोगमा जेल सजाय काटेर निस्कदा पनि समर्थकले उनलाई ५१ किलोकै मालाले स्वागत गरेका थिए ।

थापाको स्पष्टिकरण

५१ किलोको माला लगाएकोमा आलोचना भएपछि मन्त्री थापाले स्पष्टिकरण दिएका छन् ।

कोहलपुर जाने क्रममा हिड्दै गर्दा अकष्मात कोहलपुरबासीको तर्फबाट भनेर माला लगाइदिएको भन्दै उनले भनेका छन्,’यस्तो कुरा कहिल्यै मन परेन र विनम्रपूर्वक हटाउँन लगाए।’ साथै आफूले नदाहोर्‍याउन भनेको उनले बताए ।

थापाले आफूलाई आफ्नो जिम्मेवारी राम्रोसँग थाहा रहेको भन्दै भनेका छन्, ‘यस्तो विषयमा अलमलिएर र रमाएर बस्ने छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment