Comments Add Comment

रक्तदान गर्नेलाई सित्तमैमा सिमकार्ड !

blood donetationरक्तदान जिवनदान भन्ने उखानै छ । रगत आवश्यक परेका विरामीहरुका लागि रगत दिनु भनेको जिवनदान गर्नु भन्दा कम होइन । रगत दान गर्नु जिवनकै सबैभन्दा ठूलो परोपकारको रुपमा रहेको भएपनि स्वेच्छाले रक्तदान गर्नेहरुको भने कमी छ ।

यहीँ मेलोमा भारतमा मानिसहरुलाई रक्तदानका लागि लोभ्याउन अनौठो उपाय निकालिएको छ । भारतको गाजियाबादमा स्थानीय रोटरी क्लबले मानिसहरुलाई रक्तदानमा प्रेरित गर्नका लागि मोबाइलको सिमकार्ड सित्तैमा दिने अफर ल्याएको हो ।

गाजियाबादको नवयुग मार्केटमा रक्दानका लागि मंगलबार शिविर संचालन भयो । उक्त रक्तदान शिविरमा एउटा घोषणा पनि गरियो । जस अनुसार जसले त्यहाँ आएर एक पिन्ट रगत दान गर्दछ उसलाई जिओ टेलिकम कम्पनीको सिमकार्ड एक्टिभेट गरेर निशुल्क दिइनेछ ।

यस्तो सुनौलो अवसर खेल फाल्न कहाँ चाहन्थे मानिसहरु । रक्तदान गरेर सित्तैमा मोबाइलको सिमकार्ड पाइने भएपनि रगत दान गर्ने मानिसहरुको लामो लाइन नै लाग्यो ।

मानिसहरु जिओ सिमकार्डमा यतिधेरै मरिहत्ते गर्नुको कारण चाहीँ यो वर्षको ३१ डिसेम्बरसम्म यसमा अनलिमिटेड फोर जी लगायतका विभिन्न सेवा निशुल्क दिइएको छ ।

रक्तदान गरेर सिमकार्ड प्राप्त गर्न चाहनेहरुलाई रक्तदान गर्न आउँदा आफ्नो आधार कार्ड, फोरजी मोबाइल फोन तथा आफ्नो फोटो समेत ल्याउन भनिएको थियो । सिमकार्ड प्रोभाइ८र कम्पनीका कर्मचारीले उक्त शिविरमै उपस्थित भई मानिसहरुलाई सिमकार्ड एक्टिेभट गर्दै वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment