Comments Add Comment

फोटोकथाः ‘सिंहदरबार राष्ट्रिय निकुञ्ज’ घोषणा गर्ने कि ?

कवाडीखाना र घाँसे मैदानले यसरी कुरुप बन्दैछ सिंहदरवार

singha durbar (13)१४ असोज, काठमाडौं । सिंहदरबारभित्र राष्ट्रिय निकुञ्जको झल्को मेट्न सकिन्छ भन्ने कुरामा सजिलै पत्यार नलाग्न सक्छ ।

झट्ट देख्नेहरुले सिंहदरबारको वातावरण सन्तुलनका लागि हुर्काइएका विरुवाहरुमात्र देख्छन् । तर, साच्चै सिंहदरबारलाई नजिकबाट नियाल्न थाल्ने हो भने राज्यको केन्द्रीय सचिवालय क्षेत्र भनेर चिनाउन जालमर्दो अवस्था छ ।

सिंहदरबारको दक्षिण गेटबाट छिरेपछि पश्चिमतर्फ मन्त्रालयका ठूला-ठूला भवनहरु छन् । त्यही कारण पनि त्यतातर्फको भागमा निकुञ्जको झल्को पाउन सकिँदैन । तर, त्यसले कवाडीखाना र व्यथितिको भने अर्कै सन्देश दिन्छ ।

दक्षिण गेटबाट छिर्ने बित्तिकै पूर्वी भागतर्फ सहकारी तथा गरिवी निवारण मन्त्रालय तर्फ मोडियो भने सिंहदरबारको दुदर्शा देख्न शूरु हुन्छ । ती मन्त्रालय छिर्दा छिर्दै लामखुट्टेले टोक्न थाल्छ भने बाटो सधैभरी हिलाम्य हुन्छ । त्यही ठाउँमा छ, सहकारी तथा गरिबी निवारण मन्त्रालय । मन्त्रालयका नाम जस्तै त्यहाँको वातावरण पनि गरीब नै देखिन्छ ।

त्यहाँबाट उत्तरतर्फ फर्कियो भने एउटा घाँसे मैदान छ । राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानहरु हिउँदमा डढेलो लगाएर सफा पारिएको हुन्छ । तर, सहरी विकास मन्त्रालयको पछाडी, सञ्चार मन्त्रालय र गरिवी निवारण मन्त्रालयबीचको भागको घाँसेमैदान जस्तै भूभाग निकुञ्जको जति पनि व्यवस्थित छैन । singha durbar (7)

घोरल र मृग सजिलै लुक्नसक्ने झाडीले भरिएको छ । फरक केमात्र छ भने निकुन्जका घाँसे मैदानमा जस्तो वन्यजन्तुको साटो यहाँको घाँसे मैदानमा थोत्रा गाडीहरु लडिरहेका भेटिन्छन् । कुनै ओडार हो कि जस्तो लागेर नजिक जाँदा थाहा हुन्छ ती थोत्रा गाडी हुन् ।

अब जाऔँ, रक्षा मन्त्रालय हुँदै पूर्वी गेटको ठीक अगाडीबाट उत्तरतर्फ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्र वितरण इकाइ बसेको छ । यसअघि त्यो ठाउँ गाँजाको झाडी थियो तर भर्खरै खोरिया फाँडेजस्तै गरि सफा गरिएको छ ।

मुल सिंहदरबारको हरिविजोग

singha durbar (10)
भूकम्पअघि प्रधानमन्त्रीको कार्यालय रहेको भवनसँगै रक्षा मन्त्रालय थियो । र, सँगै जोडिएको उत्तरतर्फको भागमा सिंहदरबारभित्रको सेनाको गुल्म बस्थ्यो ।

नेपाली सेना बस्ने त्यो ठाउँ पुग्दा अहिले ठ्याक्कै चितवन राष्ट्रिय निकुञ्जभित्र छिरेको झल्को आउँछ ।

singha durbar (4)सिंहदरबारभित्रका लागि विद्युत वितरण केन्द्र पुरै रुख र लहराले ढोकेको छ । विद्युत ट्रान्समिटर हेर्नुपर्‍यो भने झाडी पल्टाइ पल्टाइ मात्र हेर्न सकिन्छ ।

singha durbar (2)यस्तै सिंहदरबारभित्रको पानी वितरण गर्ने मुल ठूला दुई ट्याङकी छन् । त्यो पनि यहाँभित्र झाडीले पुरिएका छन् । यसअघि सेना बसेको राणाकालीन भवनभित्र पिपल र विभिन्न घाँसहरु उमि्रएका छन् ।
यस्तै पश्चिम-उत्तर कुनामा छ, गृह मन्त्रालय । तर, मन्त्रालयको पछाडीको ठूलो क्षेत्रमा फैलिएको खाली जमिन समेत उस्तै गरि खाँसे मैदान जस्तै अव्यवस्थित बनेको छ ।

देशको कार्यकारी पद हो प्रधानमन्त्री । र प्रधानमन्त्री कार्यालयले आफ्नो देशभित्रको समग्र पक्षको सुक्ष्म अनुगमन गर्दै कमजोरी पक्षहरु सुधार्न निकायहरुलाई निर्देशन दिन्छ ।

तर, त्यही प्रधानमन्त्रीको कायालयबाट करिब २ सय मिटर आसपासको अवस्था कबाडी खाना, निकुञ्जभित्रको झाडी जस्तै गरि उदेकलाग्दो बनेर लडिरहेको नदेख्ने सरकारले पश्चिम कणर्ालीका व्यथा र पीडाहरु कसरी नियाल्न र बुझ्न सक्ला ?

singha durbar (8)भद्रगोल फोहोर कोठाले त्यहाँ बस्ने व्यक्ति कति जाँगरिलो छन् भन्नेबारे दिने पूर्व जानकारी दिन्छ । त्यस्तै सिंहदरबारलाई व्यवस्थित बनाउन नसक्ने सरकारप्रतिको चिनारी पनि झल्काउछ ।

सिंहदरबारका खाली जमिनलाई विभिन्न चित्र कोरिएका सुन्दर बगैँचामा रुपान्तरण गर्दा के विग्रन्थ्यो सरकार ?

आखिर राज्यको ढुकुटी खर्च गरेर दिनहुँ सरकारी अधिकारीहरु कुनै न कुनै देश घुमिरहेकै हुन्छन् । देश हेर्नेले मुखमात्र फेर्ने कि त्यहाँबाट केही सिकेर पनि फर्किने ? प्रश्न चाहिँ सिंहदरवाभित्रै अनुत्तरित छ ।

तस्वीरः कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment