Comments Add Comment

गाडीले ठक्कर दिँदा एकको मृत्यु, राजमार्ग अवरुद्ध

१६ असोज, बैतडी। गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ ।

hatyaज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

विष्टलाई शनिबार साँझ ८ः३० बजे महाकाली राजमार्गअन्तर्गत सिद्घेश्वर–८ तल्लो खनारखोलीमा पैदल हिँडिरहेका बेला गाडीले ठक्कर दिदा ज्यान गएको हो । गाडी भने फरार रहेको छ र खोजी कार्य जारी रहेको बताइएको छ । मृतकका आफन्तले आक्रोशित भएर राजमार्ग बन्द गराएका छन् । शव बीच सडकमा राखेर उनीहरुले राजमार्ग बन्द गरेका छन् ।

राजमार्ग बन्द हुँदा शनिबार साँझदेखि दर्जनौँ गाडी र यात्रुबीच बाटोमै अलपत्र परेको घटनास्थलबाट एक यात्रु सुरेन्द्र भाटले जानकारी दिए ।  राजमार्ग खुलाउन अहिले प्रहरी नायब उपरीक्षक बालनरसिंह राणा नेतृत्वको एक टोली घटनास्थल गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment