Comments Add Comment

महाअभियोग प्रस्तावमा राप्रपा नेपाल असन्तुष्ट

rpp-nepal-flag४ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई  महाअभियोग लगाउने विषयमा आफ्नो पार्टीसँग छलफल नगरिएको भन्दै राप्रपा नेपालले असन्तुष्टि जनाएको छ ।

महाअभियोग प्रस्तावको विस्तृत अध्ययन गरेरमात्रै पार्टीको आधिकारिक धारणा तय गर्ने उसले जनाएको छ ।

विहीबार प्रवक्ता राजाराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख माथि महाअभियोग लगाउने जस्तो अत्यन्त गम्भीर र संवेदनशील बिषयको प्रस्ताव राजनीतिक दलहरुका बीचमा पर्याप्त छलफल गरेरमात्र पेश हुनुपर्ने थियो । प्रस्ताव पेश हुनुपूर्व राप्रपा नेपालसँग कुनै परामर्श भएको छैन । त्यसर्थ प्रस्तावको बिस्तृत अध्ययन गरेरमात्र राप्रपा नेपालले आफ्नो आधिकारिक धारणा तय गर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment