Comments Add Comment

मोटोपनाले बच्चाको हड्डी कमजोर

boneअत्यधिक मोटोपनाले बच्चाको मांशपेशीसँगै हड्डी समेत कमजोर बनाउने एक अनुसन्धानले देखाएको छ ।

अमेरिकाको जर्जिया विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् । शोधकर्ताहरुका अनुसार हड्डीको विकाशमा मांशपेशीले अहम् निर्धारक तत्वको भूमिका खेलेको हुन्छ ।

शोधकर्ताहरुका अनुसार मोटोपनाले ग्रसित बालबालिकाहरुको मांशपेशीमा जम्मा भएको अतिरिक्त बोसोले हड्डीको विकाशमा बाधा उत्पन्न गर्दछ र हड्डीको पूर्ण रुपमा विकाश हुन पाउँदैन ।

मांशपेशीको भित्र जम्मा भएको बोसोले मांशपेशी र हड्डीबीचको सम्बन्धलाई कसरी प्रभाव पार्दछ भन्ने विषयमा अध्ययन जारी रहेको भएपनि बोसोले हड्डीको विकाशमा बाधा उत्पन्न गर्ने तथ्य प्रमाणित भएको शोधकर्ताको दाबी छ ।

बच्चा मोटो भएमा उसको जिउको मांशपेशीको आकार बढ्ने भएकाले हड्डी पनि उत्तिकै मजबुत हुन्छहोला भन्ने विश्वास धेरैको हुन्छ । तर यस्तो नहुँदो रहेछ ।

करेन्ट ओपिनियन इन इन्डोक्राइनोलोजी डाइबिटिज एण्ड ओबेसिटी नामक जर्नलमा छापिएको शोधमा शोधकर्ताहरुले बच्चाको हड्डी लगायत समग्र स्वास्थ्यलाई मजबुत बनाउनका लागि मोटोपनाबाट बचाउन र सन्तुलित आहारका साथै पर्याप्त शारीरिक क्रियाकलाप र व्यायाम गराउन सल्लाह दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment