Comments Add Comment

सोलिडारिटी कपका लागि नेपाली फुटबल टोलीको घोषणा

football-team

९ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी कात्तिक १७ गतेदेखि मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कप फुटबलका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।

एन्फाले दुई नयाँ अनुहारलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेको हो । डिफेण्डरहरु दीपक गुरुङ र देवेन्द्र तामाङले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका हुन् ।

भेट्रान स्ट्राइकर अनिल गुरुङको कप्तानीमा तीन गोलरक्षक, आठ डिफेण्डर र ६/६ जना मिडफिल्डर तथा स्ट्राइकरले मलेसिया भ्रमण गर्नेछन् ।

प्रमुख प्रशिक्षक ग्यातुकी कोजीको साथमा प्रशिक्षक राजुकाजी शाक्य र गोलरक्षक प्रशिक्षकका रूपमा उज्वल मानन्धरपनि मलेसिया जानेछन् । नेपाली टाेली अागामी कात्तिक १४ गते मलेसिया प्रस्थान गर्नेछ ।

एन्फाले प्रारम्भिक चरणमा बोलाएका ३० खेलाडीमध्येबाट राष्ट्रिय टोली छनौट गरेको हो । प्रकाश बुढाथोकी र बिकास तामाङले चोटका कारण प्रशिक्षण गुमाएपछि २८ जना प्रारम्भिक प्रशिक्षणमा सहभागी थिए ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले समूहचरणको पहिलो खेलमा कात्तिक २० गते पूर्वी टिमोरसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै दोस्रो खेलमा कात्तिक २३ गते ब्रुनाइसँग खेल्नेछ ।

सोलिडारिटी कपका लागि घोषणा गरिएको नेपाली टोलीका सदस्यहरुमा

गोलरक्षकः किरणकुमार लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ

डिफेण्डरहरुः बिराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र रञ्जित धिमाल

मिडफिल्डरहरुः बिक्रम लामा, बिशाल राई, सुजल श्रेष्ठ, हेमन गुरुङ, अञ्जन विष्ट र राजेन्द्र रावल

स्ट्राइकरहरुः अनिल गुरुङ, भरत खवास, बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, सुमन लामा र रञ्जन विष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment