Comments Add Comment

लैंगिक समानताको विश्व वरियतामा नेपाल ११० औं स्थानमा

global-gender-gap-report-2016

१० कात्तिक, काठमाडौं । देशमा अहिले पाँच विशिष्ट पदाधिकारी मध्ये तीनमा महिला छन् । राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला छन् ।

तर, लैंगिक समानतासम्वन्धी विश्व वरियतामा भने नेपाल ११० औं स्थानमा परेको छ ।

वर्ल्ड इकोनोमिक फोरमले ग्लोबल जेन्डर ग्याप रिपोर्ट २०१६ सार्वजनिक गरेको छ, जसमा नेपाल १४४ देशमध्ये ११० औं स्थानमा छ । २००६ मा ११५ देशमा गरिएको अध्ययनमा नेपाल १११ औं स्थानमा थियो । गत वर्ष भने नेपाल ११० औं स्थानमै थियो ।

रिपोर्टमा सूची बनाउन आर्थिक सहभागिता र अवसर, शिक्षा, स्वास्थ्य र राजनीतिक सशत्तिकरण गरी चार मुख्य आधार बनाइएको छ । जसमा राजनीतिक सशक्तिकरणतर्फर् ६८ औं स्थानमा छ, जुन गत वर्षको भन्दा थोरै सुधार हो । गत वर्ष नेपाल ७० औं नम्बरमा थियो ।

आर्थिक सहभागिता र अवसरमा पनि सुधार आएको छ । तर, स्वास्थ्य र शिक्षा इन्डेक्समा भने खस्किएको छ ।

दक्षिण एसियाली देशहरुमा बंगलादेश सबैभन्दा अगाडि ७२ औं स्थानमा छ । यस्तै भारत ८७, श्रीलंका १००, माल्दिभ्स ११५, भुटान १२१ र पाकिस्तान १४४ औं स्थानमा छन् ।

रिपोर्टका अनुसार सबैभन्दा लैंगिक समानता भएको मुलुक आइसल्याण्ड हो । फिनल्याण्ड दोस्रो र नर्वे तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment