Comments Add Comment

स्मार्टफोनमा भाइरस आयो ? यसरी बच्नुस्

mobile-virus

स्मार्टफोनमा भाइरसको खतरा जहिले पनि हुन्छ । कसैको बारेमा केहि जानकारी भयो कि हृयाकरहरुले घुम्दै फिर्दै यस्ता स्मार्टफोनमा आँखा लगाउँछन् ।

ट्रोजन भाइरस सबैभन्दा खतरनाक भाइरस हो । जुन स्मार्टफोनको एउटा कुनामा लुकेर बसेको हुन्छ र सबै जानकारी पठाउँछ ।

ट्रोजन भाइरस तपाईंको सिस्टम वा जानकारीमाथि सबैभन्दा पहिले कब्जा गर्छ र त्यसपछि स्मार्टफोन, ट्यावलेट वा कम्प्युटरबाट जानकारी बिस्तारै त्यस कम्प्युटरमा पठाउँछ जसको लागि उसलाई प्रयोग गरिएको हुन्छ ।

थुप्रै पटक पोर्न वेवसाइटको माध्यमबाट यो भाइरस डिभाइसमा छिरेको भेटिएको छ । यसबाट बच्नका लागि केहि सजिलो तरिका यहाँ उल्लेख गरिएको छ ।

जहिले पनि एप डाउनलोड गर्दा त्यो चिरपरिचित कम्पनीको हुनुपर्छ । डाउनलोड गर्नुभन्दा पहिला एप बनाउने कम्पनीको बारेमा जानकारी लिनुहोस् । यसका लागि गुगल सर्जपनि गर्न सक्नुहुन्छ । यदि उसले अन्य एपहरु पनि बनाइसकेको भए झनै राम्रो हुन्छ । यति गरिसकेपछि त्यस कम्पनीको उत्पादन तथा त्यसका बारेमा धेरै बुझ्न सकिन्छ ।

गुगल प्ले स्टोरमा एपमा रिभ्यु पढ्नुहोस् । प्ले स्टोरमा चार या पाँच स्टार भएको एप डाउनलोड गर्नैपर्छ भन्ने छैन । प्ले स्टोरमा रिभ्यु लेख्ने मानिसहरुले पक्कै पनि त्यो एप प्रयोग गरेको हुन्छ र उनीहरुका भनाइ तपाईंका लागि कामकाजी हुनसक्छ ।

यदि केहि मानिसले उत्पादनको बारेमा खराव टिप्पणी गरेको छ र त्यसबारे कम्पनीले के जवाफ दिएको छ हेर्नुस् । यसरी पनि कम्पनीको बारेमा धेरै बुझ्न सकिन्छ ।

कुनैपनि एपले स्मार्टफोनबाट जुन जानकारी लिनको लागि माग गर्दछ, त्यसबाट पनि एपको बारेमा जानकारी मिल्छ । यदि तपाईं कुनै अलार्म एप डाउनलोड गर्न चाहनुहुन्छ भने यसले स्मार्टफोन तस्वीर देखाउन त आवश्यक छैन ।

त्यस्तै क्यालकुलेटरको एपले नेटवर्क एक्सेेसको आवश्यकता त माग गर्दैन । यदि माग्छ भने तपाईं सावधान हुनुहोस् ।

धेरै मानिसहरुका अनुसार एप्पल वा गुगलको प्ले स्टोरका अलावा अन्य प्ले स्टोरबाट एप डाउनलोड गर्नु हुँदैन । यसरी डाउनलोड गर्दा ट्रोजन वा अन्य भाइरस डिभाइसमा घुस्न सक्छ ।

तर, यो दाबीलाई साह्रैआना सही मान्न भने सकिँदैन । सेक्युरिटी सफ्वेयर प्रयोग गर्दा यस्तो त्यस्तो सबै एपमा खतरा कम हुन्छ । तर यति हुँदा हुँदैपनि एप्पल र गुगलको प्ले स्टोरबाहेक अन्य प्ले स्टोरलाई बढी खतरानक भने मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment